गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४६.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले सञ्चालन मुनाफा पनि ४६.८२ प्रतिशतले घटेर १ करोड १६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही यस्तो मुनाफा २ करोड १८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३ प्रतिशतले बढेर ३ करोड ५१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ४० लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ८४ करोड १० रुपैयाँ सापटी लिई १ अर्ब १७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६३ करोड ७० लाख रुपैयाँ सापटी लिई ९१ करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ९ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार १३.९२ प्रतिशतले घटेर २ करोड ७६ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा ३ करोड २० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले खराब कर्जा (एनपीएल)मा सुधार गर्दै ३.०४ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष एनपीएल ४.७७ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.१६ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस २२.२४ रुपैयाँ रहेको थियो। पीई रेसियो ९३.५५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया