छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ८५ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३३.१७ प्रतिशतले बढेर ४ करोड ८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ६८.५४ प्रतिशतले बढेर १ करोड ६९ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस ५.७२ रुपैयाँ, पीई रेसियो ८०.४१ गुणा र प्रतिसेयर नेटवर्थ १०५.४० रुपैयाँ रहेको छ।

Online Arthik










