कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार अब यो बैंकको हकप्रदमा फागुन १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। यसअघि आवेदन अन्तिम म्याद आज माघ २७ गते बैंकिङ समयसम्म भनिएको थियो।

बैंकले गत माघ ७ गतेबाट आफ्ना सेयरधनीहरुका लागि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः.१.५ अनुपातमा हकप्रद जारी गरेको हो। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गरेको छ।

यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयर पोर्टलबाट यो हकप्रदमा आवेदन दिन पाइनेछ।

हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले यही पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया