लुम्बिनी विकास बैंक लिमिटेडले १३ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेकाे छ।

बैंकले १४ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा फागुन १ गतेदेखि बोनस शेयर जम्मा गरेको हो। गत पुस ९ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकले साधारण सभा प्रयोजनार्थ मांसिर २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो।

तपाईको प्रतिक्रिया