ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते सातौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लघुवित्तको प्रधान कार्यालय, बुटवलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १७ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया