
सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाले चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्।
यी दुबै लघुवित्त एक आपसमा मर्ज भइ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्। गत पुस १६ गते सम्पन्न यी दुबै लघुवित्तको साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो।
मर्जरपश्चातको सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३, साँगामा रहनेछ।