आगामी चैत्र १७ गते विहावार नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को ५५ औ बार्षिक साधारणसभा र निर्वाचनले आगामी दुई वर्षका लागी नेतृत्व चयन गर्नेछ । नाट्टाको आगामी बिहीबार हुने कार्यसमिति निर्वाचनमा कोशी टुर्स एन्ड ट्राभल्सका सञ्चालक विनय बस्नेतको अध्यक्षतामा प्यानल घोषणासमेत भइसकेको छ ।

 

बस्नेतको प्यानलले कोभिड–१९ को ‘महामारीले थिलथिलो पारेको पर्यटन व्यवसाय पुनर्उत्थानका निमित्त’ भन्ने मूल नाराका साथ प्यानललाई अगाडि बढाएको छ । त्यस्तै बस्नेत प्यानलको वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ रहेका छन् । त्यस्तै सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह–कोषाध्यक्षमा गीता ढकाल छन् । सदस्यहरूमा विष्णु पाण्डे, चुडाबहादुर जिम्वा, साधुराम थापा, सन्तोष गुरुङ, सुदर्शन पौडेल, सुमन श्रेष्ठ, राजकुमार पाठक र दिनेश मैनाली रहेका छन् ।

 

दिनेश मैनाली नमोबुद्ध नगरपालिका–०५, काभ्रे, कानपुरका स्थायी बासिन्दा हुन् । एक कुशल र सफल ट्राभल्स व्यवसायी मैनाली शुभम ट्राभल्स एण्ड टुर्स प्रा.लि का संचालक हुन् । मैनाली विगत लामो समयदेखि यस पेशामा आवद्ध रहेका छन्, व्यवसायको लामो अनुभव बटुलि सकेका मैनालीले आगामी नाट्टा निर्वाचनमा बस्नेतको प्यानलबाट सदस्यमा उमेदवारी दर्ता गराएका हुन् । उनी भन्छन् हाम्रो प्यानल बिजयी बनेमा यस क्षेत्रमा भएका कमिकमजोरी तथा विकृति विसंगतीलाई निर्मुल पार्ने र ट्राभल्स व्यवसायलाई सुरक्षित व्यवसाय बनाउन सघाउनेसमेतको लक्ष्य राखेको बताउछन् । उनी थप्छन्, हाम्रो नारा नै कोभिडसंग आवद्ध छ, कोभिड महामारीबाट धारासायी बनेको यस क्षेत्र विस्तारै माथि उस्कदै छ । आगामी दिनमा यस क्षेत्र बाट बिचलित नभई अगाडि बढ्ने वातावरण श्रिर्जना गर्नु आजको आवश्यकता छ । त्यसैले यो निर्वाचन र उनको उमेदवारीले बिशेष महत्वसमेत राख्दछ ।

तपाईको प्रतिक्रिया