समृद्धि फाइनान्स कम्पनीले यही चैत २९ गतेबाट ९ लाख ४० हजार कित्ता बढी सेयर लिलामीमार्फत बेच्ने भएको छ। कम्पनीले गत फागुन ८ गतेबाट फागुन २९ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा बिक्री नभएको  ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता छन्।

यो लिलामी सेयरमा कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनीसँगै इच्छुक योग्य अन्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालय, बैंक अफ काठमाण्डूका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको हेटौँडास्थित केन्द्रीय कार्यालय तथा शाखाहरु पुतलीसडक, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ७ गते बैंकिङ समयसम्म तोकिएको छ।

तपाईको प्रतिक्रिया