
नेपालको उधोग तथा व्यवशायिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्रकुमार श्रेष्ठ विभुषित भएका छन् । श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरेकी हुन् ।
नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग तथा व्यवशायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याएवापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरिएको हो ।
राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।
५० वर्ष पुरानो पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइडोपावर , बैकिङ क्षेत्रमा समेत लगानी गदै आएको छ ।