नेपाल स्टक एक्सचेन्ज(नेप्से) आइतबार एकाएक बढेर सेन्चुरी मारेपछि लगानीकर्ता उत्साही देखिएका छन्। आइतबार दोस्रो बजारमा १९५ कम्पनीको शेयर कारोबार भयो। कारोबारमा आएका एउटा कम्पनीको शेयर मूल्य घट्यो भने अर्को एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।वाँकी सबै कम्पनीको शेयर मूल्य बढ्यो।
कारोबारमा आएका सबै जसो कम्पनीको शेयर मूल्य बढ्दा सूचक ९५.५२ अंकले बढेर २४२०.९६ अंकमा उक्लिएको छ। आइतबार सूचक एक सय अंक भन्दा माथि उक्लिएको थियो। तर कारोबारको अन्तिम समयमा सूचक ९५ अंकको वृद्धिमा सीमित भएको हो।
कारोबार मापक सूचकले कारोबारमा आएका ३० भन्दा बढी कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि लगानीकर्ताको मनोबल समेत बढेको छ।

Online Arthik










