अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गर्ने भएको छ।
कम्पनीले स्थानीयका लागि १०० अंकित दरका कुल १३ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ, गोराखानी, टाप्टिङ र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गर्नेछ।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओको निष्कासन बन्द छिटोमा जेठ ५ गते र ढिलोमा जेठ २० गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।
वैशाख ७ गते नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएको यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Online Arthik










