
लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले वैशाख २१ गतेदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।
बैंकको कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले र बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका छन् ।
आज खोलिएको दुई शाखासहित बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।