विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आगामी जेठ २० गतेदेखि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता सेयर निश्कासन गर्ने भएको हो ।

कुल १५ लाख कित्ता सेयरमध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि निश्कासन हुने धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको आइपीओ खरीदका लागि छिटोमा भदौ २५ गतेभित्र र सो अवधिसम्म सबै कित्ता बिक्री नभएमा ढिलोमा असार ३ गतेभित्र आवेदन दिन सकिनेछ ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ए तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला बी प्रोजेक्ट निर्माण गरिरहेको छ । दुवै आयोजनाको निर्माण क्षेत्र रुदी खोला कास्की र लमजुङ सीमानामा पर्छ ।

तपाईको प्रतिक्रिया