हिमालयन जनरल र एभरेष्ट इन्सुरेन्स एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएका छन् । मर्जर प्रयोजनको लागि स्वाप रेसियो तय भएको छ । जसमा एभरेष्टको १०० कित्ता सेयर बराबर हिमालयनको ८५ कित्ता (१००ः०.८५) सेयर अनुपात कायम हुनेछ ।

हिमालयन जनरल इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार रोक्का छ । हिमालयन र एभरेष्ट इन्सुरेन्स एक आपसमा गाभिने भएपछि दुवैको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच वैशाख २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ । यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।

तपाईको प्रतिक्रिया