श्री यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. को मिति २०७९।०२।२३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित हुन भएका सदस्य ज्यूहरुबाट संचालक समितिको अध्यक्ष पदका लागी श्री रवि भक्त श्रेष्ठ ज्यूलाई चयन गरिएको छ । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति २०७९।०२।२६ गते अध्यक्ष श्री रवि भक्त श्रेष्ठ ज्यूले श्री बीमा समितिको अध्यक्ष श्री सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालक ज्यूहरुले अध्यक्ष श्री रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया