
पोखराको सेदी बगरदेखि सराङकोट सम्म सञ्चलनमा रहेको अन्नपूर्ण केबुलकारले सनराईज हेर्न जाने यात्रुलाई लक्षित गर्दै विहान ५ बजेदेखि दिदै आएको सेवा मौषमका कारण यही असार १ गतेदेखि भाद्र मसान्तसम्मको लागि स्थगित गरीएको छ ।
मौषम खुलेसँगै असोज १ गते देखि यो सेवा पुनः सञ्चालनमा आउनेछ । पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले खुल्ला मौषममा अन्नपूर्ण माछापुच्छ«े हिमालको श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङ समेत साहसिक अनुभव लिन सकिनेछ । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु प्नि हेर्न सकिनेछ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ ।