
बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल जेष्ठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट श्री दिपक पोखरेल, श्री प्रेम राज पाण्डे र श्री सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख श्री सन्तोष न्यौपानेले गर्नु भएको थियो ।