दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बुधबार बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ जारी गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथा बाँडफाँड गरिएको छ।

यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

तपाईको प्रतिक्रिया