
आर्थिक वर्ष २०७७ र ७८ को वितरणयोग्य मुनाफाबाट नागरिक लगानी कोष सीआइटीले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।
शनिवार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने गरी प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ ।
अर्थमन्त्रालयको स्वीकृति र कोषको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।