नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्नो स्थगित विशेष साधारणसभा पुनः डोकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले स्थगित विशेष साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजार कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
यसअघि कम्पनीले असार १३ गते विशेष साधारणसभा डोकेको थियो। तर गण पूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो।
सभाले नियमावलीको नियम २३ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नियमावलीको नियमन २७ को उपनियम ३(१) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी नियकाबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोहीअनुरुप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले यसअघि असार २ गते बुक क्लोज गरिसकेको छ। यसर्थ असार १ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










