आज असार पन्घ्र मतलब दहि चिउरा खाने दिन र राष्ट्रिय धाँन दिवस । सरकारले विसं २०६१ देखि हरेक वर्ष ुधान दिवसु मनाउँदै आएको छ, सोही दिनको छेको पारेर।
असार १५ गते हरेक वर्ष आउँछ र जान्छ।मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो। हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ। मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ
खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ। नेपालको कूल ग्राहस्थ उत्पादन ९जिडीपी०मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ। हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ।

सोही अवस्थालाई ध्यानमा राखि सरकारको ध्यान किसान र किसानीमा जानुपर्छ ।खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ। नेपालको कूल ग्राहस्थ उत्पादन ९जिडीपी०मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ। हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ।

Online Arthik










