सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औँ, १७६ औँ तथा १७७ औँ शाखा काठमाण्डौको ठूलोभर्याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ। यीसँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३२ वटा शाखा सञ्चालनमा रहेका छन्। सुविधा सम्पन्न यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटोछरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।यसका साथै ग्राहकको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाण्डौको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्र्दे आएको बैंकले प्रमुख वित्तीय सूचकहरु नियामक निकायले तोकेको सीमाभित्र कायम गरेको छ। रु। १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी रु। १ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरी करिब १४ लाख ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।
बैंकले देशैभरि फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया