
इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले साधारण सेयर निष्कासन गर्नका लागि आज मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।
धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बनन्धी सम्झौतापत्रमा इन्द्रेणी मसरुम फार्मका तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो।
नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समयावधि व्यतीत भइसकेको भए पनि आद्युनिक च्याउ खेतीको विकास र विविध चरणमा च्याउ उद्योगले प्रयास गरिएको भए पनि सफल हुन नसकिएको अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलोपटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ। इन्द्रेणी मसरुम फार्मको उद्देश्यअनुसार नेपालमा गुणस्तरीय च्याउ उत्पादन गर्ने योजना बनाई कम्पनीको स्थापनादेखि द्रुतगतिमा आफ्नो क्षमता वृद्धि गर्दै आइरहेको छ।
कम्पनीले अत्याधुनिक च्याउ फार्म सुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयाँ प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न सुरु गरेको छ र हाल दैनिक रुपमा च्याउ उत्पादन गर्दै आइरहेको छ।