प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको छ । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको जानकारी दिएको छ ।

प्रभु र अजोड इन्स्योरेन्स विचमा एक बराबर ०.७० को अनुपातमा मर्जरको सहमित भएको हो । दुबै कम्पनीका अध्यक्षले हिजो एक विशेष कार्यक्रम आयोजना गर्दै मर्जरको सहमितपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष अजोड इन्स्योरेन्सका अध्यक्ष रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभु लाइफका विजयबहादुर शाह हुनेछन् ।

प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ भने अजोडको एक अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनी विचमा भएको सहमति अनुसार अव अजोडको ७० करोड रुपैयाँ मात्रै प्रभु इन्स्योरेन्स कम्पनीमा थपिनेछ । मर्जर पछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ ।

तपाईको प्रतिक्रिया