
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर आइतबार नेप्सेमा सूचकिृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।