नेपालका डब्लुबीपीएफ अन्तर्राष्ट्रिय निर्णायक विजय लाल कायस्थ, नानी काजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायक एसियन शारिरिक सुगठन प्रतियोगितामा नेपाली टिमका शारीरिक सुगठन विधा अन्तर्गत फिट्नेस फीजिकका प्रतिस्पर्धी राजु राई तेस्रो बन्न सफल भएका छन् । आफ्नो १७० सेन्टिमिटर उचाइभन्दा कम समूहमा उनी तृतीय स्थान हासिल गर्न सफल भएका हुन् . डब्लुबीपीएफ अन्तर्राष्ट्रिय निर्णायक विजय लाल कायस्थ, नानी काजी डंगोल र लक्ष्मण भट्ट्ले निर्णायकको भूमिका निभाउँदै ५नं. २४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा भाग लिन नेपाल शारिरीक सुगठन सङ्घका उपाध्यक्ष दिनेश राजभण्डारीको ब्यास्थापानमा अन्य दुई जना खेलाडी सुजिता मानन्धर र उमेश राई पनि सहभागी छन् ।

सुजिता मानन्धरको २ गते तथा उमेश राईको ४ गते प्रतिस्पर्धा हुँदैछ । यसैबीच नेपालले सन् २०२३ मा ५५औ एसियान शारिरीक सुगठन प्रतियोगिता नेपालमा आयोजना गर्दैछ ।आइतबारको एक कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिट्नेस सघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई अन्तराष्ट्रिय क्षेत्रमा शारिरिक सुगठन खेलको बिकासमा ठोस योगदान पुर्याए बापत सम्मान गरिएको थियो । टोली श्रावन ५ गते नेपाल फर्कने छ ।

Online Arthik










