माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले आआफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेका हुन्। आईपीओ निष्कासनको मुख्य अजेन्डासहित दुई जलविद्युत कम्पनीले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेका छन्।

यी दुवै कम्पनीको वार्षिक साधारणसभा साउन २५ गते डाकिएको छ।

माई खोलाको वार्षिक साधारणसभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजेबाट हुनेछ। सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन गर्नुका साथै सञ्चालक समितिबाट भएका निर्णयअनुसार पारित हुनेछ। गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृति गर्नेछ।

यसैगरी सगरमाथा जलविद्युतको वार्षिक साधारणसभा पनि काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन गर्नुका साथै सञ्चालक समितिबाट भएका निर्णयअनुसार पारित हुनेछ। गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृति गर्नेछ।

तपाईको प्रतिक्रिया