
गरिमा विकास बैंकले पर्यटकीय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग सम्झौता गरेको छ । बैंकले होटल र अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौतापत्रअनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजी बटुवा प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशतसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।