सयपत्री हाइड्रोपावर लिमिटेड कम्पनीले आजदेखि सर्वसाधारणका लागि  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको  ७ लाख २१ हजार ६० कित्ता आइपिओ निष्काशन गरेको हो । कम्पनीले कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओमा न्यूनतम् १० कित्तादेखि अधिकतम् ३० हजार कित्तासम्मका लागि साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओ प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउने सङ्केत ‘केयरएनपी डबल बी आइएस’ रेटिङ्ग प्रदान गरेको छ ।

बिक्री प्रबन्धक कम्पनीका साथै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था मेरो शेयरको वेभसाइट र मेरो शेयरको एपबाट पनि सयपत्री हाइड्रोपावरको आइपिओमा आवेदन दिन सकिन्छ । कम्पनीले बाग्लुङ जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया