साउन १८ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन दिन किने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्

 

तपाईको प्रतिक्रिया