कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको पिपुल्स पावर लिमिटेडले आउँदो साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओमा आउँदा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था कम्पनीले गरेको छ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया