हिमालयन हाइड्रोपावर लिमिटेड कम्पनीको आईपीओ गत शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। हिजो आइतबारको कारोबारमा नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रिओपन सेसनमा सेयर किनबेच हुन नसकेपछि नियमित समयका लागि कारोबार खुल्न सकेको थिएन।

नेप्सेले यो कम्पनीलाई ‘एचएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीले न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतममा २२८.९९ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। आज भने नेप्सेले तोकेकै रेन्जभित्र सेयर किनबेच भएपछि यो कम्पनीको सेयर कारोबार खुलेको हो। आज प्रिओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेमा यो कम्पनीको १०० अंकित दरका कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा स्थानीयको ९ लाख कित्ता, सर्वसाधारणको १३ लाख ५० हजार कित्ता र संस्थापक समूहको ८७ लाख कित्ता सेयर छन्।

यो कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आईपीओ बिक्री गरेको छ। आईपीओ बाँडफाँड भने असार २८ गते भएको थियो।

 

तपाईको प्रतिक्रिया