डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १७.३२ प्रतिशतले घटेर ८१ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९९ करोड १७ लाख रुपैयाँमा सीमित थियो।

गत वर्ष संस्थाले १ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ थियो। खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा संस्थाले ७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। संस्थाको रिजर्भको आकार १४.८४ प्रतिशतले बढेर ९२ करोड ६१ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८० करोड ६५ लाख रुपैयाँ थियो।

संस्थाको एनपीएल बढेर १.०३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.९२ प्रतिशत थियो।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४९.६५ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ५६.४९ रुपैयाँ थियो। पीई रेसियो १८.९३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ रहेको छ।

 

 

तपाईको प्रतिक्रिया