आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सहयोग गरेको छ । कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको अस्पताललाई आइएमई जनरल इन्स्योरेन्सले दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई साे रकमकाे चेक हस्तान्तरण गरेका थिए । सो नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्नलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिए ।

उनले यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया