अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ  बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आयोजित  कार्यक्रमबीच अभियान लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो।   जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

आईपीओमा १९ लाख ८० हजार ९७० आवेदकबाट कुल २ करोड १९ लाख १२ हजार ६७० कित्ता सेयर माग भएको थियो। जसमा १९ लाख ७८ हजार ५९४ आवेदकबाट परेको २ करोड १८ लाख ८७ हजार १०० कित्ता सदर भएको क्यापिटलले जनाएको छ। बाँकी २ हजार ३७६ आवेदकबाट परेको २५ हजार ५७० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। सदरमध्ये १८ लाख ८७ हजार २१९ आवेदकबाट हात खाली भएको छ।

अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धक कम्पनीका वेबसाइटका साथै सीडीएससीको https://iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया