नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ अर्ब २८ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १२ अर्ब ११ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ३ अर्ब ६० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो २ अर्ब ९२ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीले ५ अर्ब ७९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ९५ करोड खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर १ अर्ब १२ करोडरुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १ अर्ब २ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या १५ लाख ९६ हजार ८३० पुगेको छ। अघिल्लो वर्ष यो संख्या ११ लाख ६९ हजार ३३६ रहेको थियो।

चुक्तापुँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस १०.१३ रुपैयाँ, पीई रेसियो ५६.९६ गुणा र प्रतिसेयर नेटवर्थ १२५.१९ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया