महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १६ करोड ९४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो ११ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीले १८ करोड ९५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १८ करोड १ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर २९ करोड २४ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २७ करोड २३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनी चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया