एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८।७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।

एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आर्थिक वर्ष ७८।७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।

साथै एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ गत साउन २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

 

तपाईको प्रतिक्रिया