
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरकाे लागि आवेदन परेकाे हाे ।
यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरको १.४७ गुणा बढी हुन आउँछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता सम्ममा लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले भदौ ५ गतेसम्ममा मात्रै आवेदन खुल्नेछ ।