गत साउन १९ गतेबाट निष्काशनमा ल्याएको खुलामुखी म्युचुअल फण्डको इकाईका लागि आवेदन आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने योजना व्यवस्था लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ। क्यापिटलले लक्ष्मी म्युचुअलसो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गरेको हो। सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको हो।
सो इकाईका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।
सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशनमा ल्याएको थियो।

Online Arthik










