सोल्टी होटेल लिमिटेडले समीक्षा अवधिमा सोल्टी होटेलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष होटेलले २२ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो अवधिमा होटेल सेवा प्रवाहबापत १ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष होटेलको आम्दानी ४५ करोड ३९ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले होटेलको आम्दानी २०२.१६ प्रतिशतको उछाल आउको छ।

होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३.५८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २.६७ रुपैयाँले ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ २०.५८ रुपैयाँ रहेको होटेलको पीई रेसियो ५६.५७ गुणा रहेको छ।

 

तपाईको प्रतिक्रिया