माथिल्ला तामाकोशीको सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनी घाटामा रहेको कारण शेयरधनीलाई लाभांश भने वितरण नगर्ने जनाएको छ।

यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

 

तपाईको प्रतिक्रिया