
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आउँदो मंगलबार (भदौ ७ गते) हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड कार्यक्रम मंगलबारका लागि तय गरिएको हो। यद्यपि बाँडफाँड कार्यक्रम कति बजे र कहाँ गर्ने भनेर टुंगो नलागेको क्यापिटलले जनाएको छ। ‘स्थान र समय तोक्न बाँकी छ, त्यसका लागि धौलागिरी लघुवित्तसँग समन्वय भइरहेको छ’, क्यापिटलका एक अधिकारीले भने, ‘यो लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने आज सकिन्छ।’