
नेपाल धितोपत्र बोर्ड (सेबोन)को पदपूर्ति समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्ने सिफारिसविरुद्ध सहकर्मीबाटै उजुरी परेको छ।
साउन १९ गते सेबोनको पदपूर्ति समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो। समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्ने सिफारिस विरुद्ध सहकर्मीबाटै उजुरी परेको छ। कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता र शैक्षिक योग्यतालाई आधार मानी कुल प्राप्तांकका आधारमा समितिले निर्देशक निरञ्जन घिमिरे, अम्बिकाप्रसाद गिरी, नारायणप्रसाद शर्मा र दीपेश ताम्राकारलाई उपकार्यकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस गरेको छ।
– एजेन्सी