शिवश्री हाइड्रोपावर समीक्षा अवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर २४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ४ करोड ८ लाख रुपैयाँ थियो। कम्पनीको अन्य स्रोतबाट १ करोड रुपैयाँ आम्दानी गरेको छ।

चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ३४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड ८४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिकमा कम्पनीको वार्षिकीकरण ईपीएस २४.६३ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो ९.०१ गुणाले ऋणात्मक रहेको प्रतिसेयर नेटवर्थ ७६.६१ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया