
अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बलेजले आज एक कार्यक्रमको आयाजना गर्दै चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारी पत्रले उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ । जसले बजारमा काम गर्न सक्षम क्ष्त् जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आईटी सेवा र डिजिटलाइजेशनको बढ्दो मागसँगै विश्वव्यापी आईटी उद्योगमा दक्ष जनशक्तिको ठूलो अभाव छ । नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीहरूले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् । भविष्यको मागलाई सम्बोधन गर्न उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई कार्य–योग्य आईटी सीपहरू उपलब्ध गराउने योजना बनाउन थालेका छन् ।
यस सम्बन्धमा Treeleaf Technologies, Krafters Technology, AUXFIN / BIT Iconic Pvt Ltd ले अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजसँग आफ्नो शिक्षामा व्यवहारिक आईटी सीपहरू समावेश गरेर विद्यार्थीहरूलाई भविष्यको आवश्यकताको लागि तयार पार्ने उद्देश्यसाथ सम्झौतामा हस्ताक्षर गरेका छन् ।