
राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड (RHGCL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयरलाई आरएचजीसिएल (RHGCL) कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको शेयरलाई न्युनतम १०६ रुपैयाँ ३५ पैसा देखि ३१९ रुपैयाँ ६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।