आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको श्रृजनशील लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरिएको छ। यो लघुवित्तले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १९  गते हुनेछ। यो अवधिमा सबै कित्ता बिक्री नभएको खण्डमा भदौ २९ गतेसम्म आवेदन खुला गरिनेछ।

 

तपाईको प्रतिक्रिया