सिक्लेस हाइड्रोपावर कम्पनीले साउन ६ गतेबाट भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०० अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो।
धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटका अनुसार बाँडफाँडका क्रममा आईपीओ नपरेकाहरुको पैसा यही भदौ २० गतेबाट फिर्ता गरिनेछ। उक्त रकम आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

Online Arthik










