श्रृजनशील लघुवित्तले गत भदौ १५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

श्रृजनशील लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरिएको छ।

यो लघुवित्तले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

 

तपाईको प्रतिक्रिया